के होला राजदूत लक्की शेर्पाको पद ? परराष्ट्रले अझैं निर्णय गरेन

4.71K
shares

काठमाडौं । मानव तस्करको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजदूतको जिम्मेवारीमा निरन्तरता दिने वा पदमुक्त गर्नेबारे सरकारले अझै ठोस निर्णय गर्न सकेको छैन । शेर्पाबारेको छानविन अघि बढाएको परराष्ट्र मन्त्रालयले यस बारेमा अझै ठोस निर्णय लिन बाँकी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

‘उहाँको विषयमा छानविन समितिले आन्तरिक छानबिन गरिरहेको छ, हामी अध्ययनकै क्रममा छौ, मंगलबार अपरान्ह्र मन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसँग भने–‘सबै सत्य तथ्य बुझेर आवश्यक निर्णयमा पुग्छौ ।

राजदूत शेर्पाकै सवारी चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि उनी विवादमा तानिएपछि परराष्ट्रले छानविन अघि बढाएको छ । परराष्ट्रका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा सोही मन्त्रालयका सहसचिवद्धय तापास अधिकारी र दीपक अधिकारी संलग्न समितिले शेर्पाबारे छानबिन गरिएको छ ।