विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्छ : अध्यक्ष प्रचण्ड

4.5K
shares

बेझाड (पाल्पा)। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताएका छन्। मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो।

पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताए। उनले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हुँदा आफूले सहयोग गर्ने बचन दिए। अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हुँदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताए।

उनले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताए। देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उनको भनाइ थियो। रामपुरले सिङ्गो नमूना शहरका रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको उनको भनाइ थियो।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताए। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जानकारी गराएका थिए।

पूर्वी पाल्पाकै ठूलो र धेरैलाई शिक्षा प्रदान गरेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ। यस विद्यालयमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083