कांग्रेस महासमिति बैठक बस्न नसकेपछि सदस्यहरु आक्रोशित

4.41K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठक सुचारु हुन नसकेपछि महासमिति सदस्यहरु आक्रोशित बनेका छन् ।

महासमिति बैठक दुई घण्टाका लागि भनेर विहानै साँढे १० बजे स्थगित गरिएको थियो । तर, बैठक पाँच घण्टा बितिसक्दा पनि सुचारु हुन सकेको छैन । बैठक तोकिएकै समयमा सुचारु नभएपछि महासमिति सदस्यहरु यतिवेला नेतृत्वप्रति आक्रोशित बनेका छन् ।

सभापति शेरबहादुर देउवाले विधानमा सहमति गर्नका लागि केन्द्रीय समिति बैठकमा जाने बताएर उपसभापति विजयकुमार गच्छदारलाई सभापतित्व दिन खोजेपछि महासमिति भेलाले हुटिङ गरेपछि बैठक दुई घण्टा स्थगित भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083