दिगम्बर झाबारे नेता लेखराज भट्टद्धारा ‘सनसनीपूर्ण’ खुलासा
वि.सं.२०७५ पुस ४ बुधवार १६:०१
shares

काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने क्रममा नेता लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका छन् ।
उनले झा भ्रष्ट छविको व्यक्ति भएको भन्दै आफू मन्त्री हुँदाको समय झाले आयल निगममा नियुक्त हुनको लागि घुसको प्रस्ताव गरेको खुलासा गरेका छन् । उनले भने ‘म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा दीगम्बर झाले घुस प्रस्ताव गरेका थिए । त्यतिबेला उनी मान्छे ठीक छैनन् भनेर मैले मतलब गरिन तर त्यही व्यक्तिलाई सरकारले किन नियुक्ति गर्यो यसबारे पुनर्विचार गरियोस् ’, उनले भने, ‘त्यतिबेला झाले घुस प्रस्ताव गरेको कुरा मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएको थिएँ ।’
त्यस्तो विवादित व्यक्तिलाई किन र कुन आधारमा नियुक्ति गरिएको हो त्यसबारे पार्टी र सरकारले जवाफ दिनुपर्ने उनले माग गरे । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका साथै सरकारको चर्को आलोचना गरेका छन् ।
































