नेकपाको ३४ भाईले ओलीमाथी लगाए यस्तो खर्तनाक आरोप

5.19K
shares

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पार्टी नेतृत्व आत्मानिन्दक हुन आवश्यक नभएको बताएका छन् । बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रिमालले आत्मालोचना गर्नु आत्मानिन्दक हुनु भएको भन्दै यो विनम्रता देखाउन आवश्यक नभएको बताए ।

वर्ग संघर्ष मुख्य भएको र विरोधीहरुले सरकारविद्ध प्रचार गरेको भन्दै उनले भने, ‘यस्तो बेलामा आत्मानिन्दक हुन उचित हुँदैन । अध्यक्षद्वयको प्रतिवेदनले आफ्नै कमजोरीहरु ल्याउन सक्दैनथ्यो । संक्रमणकालमा ‘रास्कल आउट’ अर्थात ‘खराब मान्छेहरु बाहिर निकाल’ हुन नसक्ने समेत उनले बताए । स्थायी कमिटी सदस्य रिमालले सामाजिक सुरक्षा कार्यक्रम घोषणा नयाँ युग नै भएको बताए ।

बैठकमा पम्फा भुसालले अध्यक्षद्वयको प्रतिवेदन मूलतः सही भएको तर, बैठकमा आएका सुझावहरुलाई समेत समेटेर पूर्ण बनाउनुपर्ने धारणा राखिन् । प्रदेश र स्थानीय तहको सरकारलाई प्रभावकारी बनाउन संयन्त्र बनाउनुपर्ने र पार्टीमा सत्तामा हुने र नहुनेबीच समानता कायम गर्नुपर्ने उनले बताइन् । आपूर्तिमन्त्रीसमेत रहेका मातृका यादवले यो ९ महिनामा मातृका पनि भ्रष्टाचारी भन्ने सन्देश गएको र यो आफ्नो जीवनमा पहिलोपटक भएको सुनाएका थिए ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा विहीबार किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहोरा, लीलामणि पोखरेल, चत्रपाणि खनालले पनि बोलेका छन् । शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक बिहिबार पनि जारी रह्यो । नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको बैठकमा ८ सदस्यले आ–आफ्नो धारणा राखेका छन् ।

बैठक शुक्रबार पनि जारी 

बैठक सुरु भएयता हालसम्म बैठकमा ३४ स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी नेतृत्व र सरकारको कार्यशैलीको आलोचना गरेको जनाइएको छ । गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियो ।

छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083