‘पार्टी नेतृत्व र सरकार अनेक विषयमा चुक्‍यो’

4.65K
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको जारी बैठकमा डा। गोविन्द केसीको अनशन लम्बाउनेदेखि लिएर दर्जनौ विषयमा सरकार चुकेको भन्दै सदस्यहरुले त्यसको कटु आलोचना गरेका छन्। अध्यक्षद्वयको प्रतिवेदनमाथि हालसम्म ४१ सदस्यले आफ्नो असन्तुष्टी र सुझाव राखेकोमा शुक्रबार बोल्ने सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट, छविलाल विश्वकर्माले धारणा राखे र उनीहरुमध्ये अधिकांशले नेतृत्व पार्टी र सरकार सञ्चालनका अनेक विषयमा चुकेको आरोप लगाए।

नेकपाका प्रवक्ता एवं केन्द्रीय सचिवलय सदस्य नारायकाजी श्रेष्ठले पार्टीको वैचारिक तथा सैद्धान्तिक विषयसँगै भ्रष्टाचारलाई जोड्दै चिकित्सा शिक्षा क्षेत्रको गुणस्तरीयताको माग राख्दै अनशन सुरु गरेका डा।गोविन्द केसीको अभियानलाई गम्भीररुपमा नलिएर २५ दिन पुराएर सरकारको गल्ती गरेको आरोप लगाएका छन्।

उनले स्थायी कमिटीको बैठक मुख्यतया चार विषय, विधानको अन्यौलता र असमझदारी, हालसम्म प्रकाशित हुन नसकेको राजनीतिक प्रतिवेदन, मापदण्डको उल्लंघनका गुनासालाई तत्काल नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए। यस्तै उनले सांगठनिक एकिकरणको बाँकी प्रक्रिया, कार्यविभाजन यही बैठकबाटै टुंग्याउनुपर्ने जोड दिए। ‘एकता र कार्यविभाजनमा यताउती गर्न मिल्दैन । नेतृत्व गम्भीर भएर टुंग्याउनुपर्छ’, उनले भने ।

चौतर्फी घेरामा परेका बेला सरकारको कमिकमजोरीबारे आत्माआलोचना गर्नुहुन्न भन्ने अभिव्यक्ति सरकारका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबाट आएको भोलिपल्ट प्रवक्ता श्रेष््ठले सरकारलाई सफल पार्ने हो भने आत्माआलोचना गर्न जरुरी भएको बताए। संविधान नै समाजवादतर्फ उन्मुख भएको पृष्ठभूमिमा नेता श्रेष्ठले त्यसतर्फ पार्टी अघि बढ्नुको विकल्प नभएको बताए। अध्यक्षद्वयको प्रतिवेदनले आफ्ना उपलब्धी र आगामी कार्यभारका बारेमा स्पष्ट पार्ने कोशिस गरेपनि मुख्यतया चार कमजोरी रहेको नेता श्रेष्ठले खुलाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083