‘भारत र चीनको सहयोग लिएर रेल मार्गको काम गर्दैछौँ’ : मन्त्री महासेठ
वि.सं.२०७५ पुस ६ शुक्रवार १५:१९
4.72K
shares
shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनु परेको पनि स्पष्ट पारे । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर सरकारले रेल मार्ग निर्माणको कामलाई अघि बढाएको पनि स्मरण गराए ।
मन्त्री महासेठले राजमार्गहरुको कनेक्टिभीटीमा जोड दिन सरकारले २ हजारभन्दा बढि सडक पुल निर्माण योजना अघि सारेको पनि बताए । विकास र समृद्धिका लागि सडक पुलको निर्माण अति उपयोगी हुने मन्त्री महासेठको भनाई छ ।




























