सरकारका उपप्रधानमन्त्री भन्छन्–यो संविधानले देश चल्दैन, संशोधन हुन्छ

4.8K
shares

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताए । उनले भने,‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।

साक्षात्कारमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे । उनले भने,‘संविधान संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पनि पाउँदैन् । अहिले मुलुक अलमलिएको छ । मुलुकलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ। यसको लागि चाँडोभन्दा चाँडो संशोधन संशोधनको विद्येयक अगाडि बढाउनुपर्छ ।

मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित हुने पनि विश्वास दिलाए । उनले भने,‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ । जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन् ।

सरकारको दश महिनाको उपलब्धि के हो त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘सरकारको उपलब्धि भनेको निरन्तर सरकार चलिरहेको छ । हामीले यो सरकार दुई तिहाई हो भनेर भन्न पाएका छौं । सरकार स्थिर छ । कसैले हल्लाएर हल्लिँदैन् । संसदमा विपक्षी छैन । सत्तापक्षका नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083