ओलि सरकारले विकासको आश नदेखाए हुन्छ : बाबुराम भट्टराई

4.67K
shares

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिलेको सरकारप्रति छिमेकी र पश्चिमा मुलुकको विश्वसनीयता गुमेको बताएका छन् । सरकारले परराष्ट्र सम्बन्ध सुदृढ बनाएको दावी गरे पनि उत्तर, दक्षिण र पश्चिम कतै पनि सरकारप्रति विश्वास नदेखिएको दावी गरे ।

‘न उत्तर, न दक्षिण न पश्चिम यो सरकारप्रति कतै पनि विश्वास देखिनँ’ उनले बुधबार संसद बैठकमा भने, ‘हामी आन्तरिक खपतका लागि ठूला कुरा गर्छौ । कसैप्रति अहिले नै युद्ध छेड्न खोजेकोजस्तो कुरा गर्छौं भित्र लत्रक्कै पर्छौं ।’ सरकारले पश्चिमी शक्तिसँग सम्बन्ध सुमधुर बनाउन खोज्नु राम्रो भन्दै भट्टराईले विचार नपुर्‍याई भूराजनीतिक संवेदनशीलतालाई ध्यान नदिई कदम नचाल्न पनि आग्रह गरे ।

सरकारले विकास र समृद्धिको सपना बाँडे पनि व्यवहारमा नागरिकले केही देख्न नपाएको उनले बताए । ‘विकास र समृद्धिको सपना बाँडिएको छ, यो राम्रा कुरा हो, तर व्यवहारमा कति अगाडि बढ्यो जनताले त्यो हेर्न चाहेका छन्’ भट्टराईले भने ‘चीनको रेल न गम्भीरतापूर्वक अघि बढेको छ, न पानीजहाजको कुरा ।’ प्रधानमन्त्रीले मिति नै तोकेर टिकट काट्न भन्नु हाँस्यास्पद भएको भट्टराईले बताए ।

बुधबार नै संसदमा आफ्नो धारणा राख्ने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले काठमाडौंमा धुलो कम उडेको दावी गरेका थिए । जवाफमा भट्टराईले आलिसान महलमा बसेपछि धुलो देख्न छाडेको टिप्पणी गरे ।

‘हिजो जनताका घरदैलोमा सुखदुख भोगेर आएका हामीहरु सत्तामा पुग्ने वित्तिकै जनताको दुख बिर्सन थालेका त होइनौं ?’ उनले प्रश्न गरे ‘हाम्रा चश्मा फेरिएको त होइन ? आलिसान महलमा बसेर धुलो देखिन भन्ने ? आफू गाउँ घुम्ने गरेको भन्दै उनले जनताको जीवनस्तरमा खासै परिवर्तन नदेखेको टिप्पणी गरे । ठूलो परिवर्तनपछि बनेको अहिलेको शक्तिशाली सरकारले निरन्तरताको कुरा गरेर मात्र नहुने भट्टराईले बताए ।

हिजो जनयुद्ध गरेर आएको सरकारले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिनको काम टुंगोमा नपुर्‍याएकोमा भट्टराईले असन्तुष्टि जनाए । ‘शहीद र वेपत्ताको दर्दनाक अवस्था छ । घाइते योद्धा सडकमा लडिरहेका छन्’ उनले भने ‘उनीहरुलाई न्याय दिन कुन कानुनले रोकेको छ ?

समयानुकुल संविधान संशोधन गर्दै जानुपर्नेमा सरकारले नगरेको भन्दै भट्टराईले संविधान संशोधन गर्न कसले रोक्यो भनी प्रश्न गरेका छन् । ‘इच्छाशक्ति नै मरेको हो कि रु त्यसो हो भने यस्तो कुरा गर्न सुहाउँदैन’ उनले भने ‘कि त भनिदिनुपर्‍यो हामी गर्दैनौं । यो कस्तो खालको नैतिकता हो ?

ओलि सरकारले विकासको आश नदेखाए हुन्छ

वाइड बडी जहाज निर्माता कम्पनीसँग नकिनी नक्कली कम्पनी खडा गरी किनेको भन्दै स्पष्टै रुपमा अनियमितता देखिएको बताए । ‘नयाँ जहाज किन्ने भनेरै सुरु गरिएको थियो । निर्माता कम्पनीसँग नकिनी नक्कली कम्पनी खडा गरेर किनेपछि दालमा कुछ कालो भएको स्पष्टै छ’ उनले भने ‘यसलाई देखेको नदेखै गर्न मिल्छ ?

बुढीगण्डकी जलविद्युत आयोजनालाई भकुण्डोजस्तो बनाएर भूराजनीतिक चपेटामा पारिएको उनले बताए । खुला प्रतिस्पर्धा नगराई पटक पटक एउटै कम्पनीलाई अपारदर्शी ढंगले दिन खोजेको भन्दै भट्टराईले यस्तो कामले सरकारको छवि राम्रो नबन्ने बताए । ‘यस्तो कामले छवि बन्छ ? अझ कम्युनिस्ट र वामपन्थी छवि बन्छ ? उनले प्रश्न गरे । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा सुरक्षा संयन्त्रका उच्च पदस्थ व्यक्ति नै मुछिएको भन्दै प्रमाण मेटाउनेमाथि छानबिन गर्नुपर्ने बताए ।

‘हत्या बलात्कार भएको महिलालाई नुहाइ धुवाइ गरेर प्रमाण मेटाउन मिल्छ रु सबैले देख्ने गरी प्रहरीले नुवाइधुवाइ गर्न मिल्छ ?’ उनले प्रश्न गरे । सामान्य मान्छेलाई समातेर ल्याएर यातना दिएर बकाउनु भन्दा जसले प्रमाण मेटाएको छ तिनलाई केरकार गरेर तथ्य पत्ता लगाउन भट्टराईले आग्रह गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083