‘हुँदै नभएका कुरा पनि पत्रकारले समाचार बनाए’ : उपप्रधानमन्त्री पोखरेल

4.8K
shares

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यसँग साइनो नै नभएका समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरुको आलोचना गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्ति समेत जनाए । आइतबार नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरुले गर्न नमिल्ने दावी गरे ।

आफ्ना कमजोरी भए जस्ताकोतस्तै जनतामा लगिदिए आफूले पत्रकारहरुलाई सलाम गर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । उनले पत्रकारहरुले विषयमा आधारित भएर ठीकलाई ठीक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरुले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भीर नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने तर्क पनि गरे । उनले पत्रकारहरुले सत्ता पक्ष र प्रतिपक्ष भइरहन जरुरी नभएको पनि बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083