विप्लवलाई झट्का : २ दर्जन युवा नेकपामा प्रवेश

4.38K
shares

काठमाडौं । विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जना नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले ति युवाहरुलाई पार्टी प्रवेश गराएका हुन् । साथै पार्टि अध्यक्ष प्रचण्डले समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताएका छन् । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहबाट नेकपामा बिद्रोह गरी आउने नेता तथा कार्यकर्ताहरुलाई आज दिउँसो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षले भने, – ‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’

अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए । प्राप्त उपलब्धी सानो र सजिलो गरी नभई हजारौको बलिदानबाट भएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, ‘समाजवादको यात्रा महान् गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं ति सबै शक्ति एकपल्ट एकजुट हुन जरुरी छ । तपाईहरु आउनुभएको छ, एउटा ईंटा थप्ने काम भएको छ ।’

पार्टी प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष प्रचण्डको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वास सहित पार्टीमा प्रवेश गरेको बताएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083