‘वाइडबडीमा भएको भ्रष्टाचारका लागि सरकारले राजीनामा दिनुपर्छ’ : अमरेश सिंह

14.37K
shares

काठमाडौं । नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले सुशासन र समृद्धिको नारा दिने सरकार यति ठूलो भ्रष्टाचारमा मुछिएको भन्दै राजीनामा माग गरेका हुन् ।

उनले वाइडबडी खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न संघीय संसदको दुबै सदनको संयुक्त समिति गठन गर्नुपर्ने बताए । ‘यसको छानबिनका लागि संयुक्त पार्लियामेन्ट्री कमिटी गठन गर्नुर्छ’ उनले भने ‘छानबिनपछि सरकारले नैतिकताको आधारमा रााजीनामा दिनुपर्छ ।’

सांसद सिंहले वाइडबडी खरिदमा भ्रष्टाचार भएको सम्पूर्ण प्रमाण आफूसँग रहेको भन्दै ती प्रमाण संसदलाई दिने बताएका छन् । वाइडबडी खरिदका विषयमा सार्वजनिक लेखासमिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छानबिन गरिरहेका बेला सांसद सिंहले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

वाइडबडी खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नभएको, जहाज खरिद सम्झौता एउटासँग र भुक्तानी अर्कै कम्पनीमा भएको, तोकिएको तौलको जहाज पनि नकिनिएको लगायतका कारणले भ्रष्टाचार भएको पुष्टि हुने उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083