वाइडबडी भ्रष्टाचार काण्ड,अमरेश सिंहले मागे सरकारको राजीनामा

9.96K
shares

काठमाडौं । नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद डा.अमरेशकुमार सिंहले सुशासन र समृद्धिको नारा दिने सरकार यति ठूलो भ्रष्टाचारमा मुछिएको भन्दै राजीनामा माग गरेका हुन् ।

उनले वाइडबडी खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न संघीय संसदको दुबै सदनको संयुक्त समिति गठन गर्नुपर्ने बताए । ‘यसको छानबिनका लागि संयुक्त पार्लियामेन्ट्री कमिटी गठन गर्नुर्छ’ उनले भने ‘छानबिनपछि सरकारले नैतिकताको आधारमा रााजीनामा दिनुपर्छ ।

सांसद सिंहले वाइडबडी खरिदमा भ्रष्टाचार भएको सम्पूर्ण प्रमाण आफूसँग रहेको भन्दै ती प्रमाण संसदलाई दिने बताएका छन् । वाइडबडी खरिदका विषयमा सार्वजनिक लेखासमिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छानबिन गरिरहेका बेला सांसद सिंहले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

वाइडबडी खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नभएको, जहाज खरिद सम्झौता एउटासँग र भुक्तानी अर्कै कम्पनीमा भएको, तोकिएको तौलको जहाज पनि नकिनिएको लगायतका कारणले भ्रष्टाचार भएको पुष्टि हुने उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083