सर्वोच्चमा मुद्दा विचाराधीन रहेका दीपक मनाङ्गेको सपथ ग्रहण आज

5.98K
shares

काठमाडौं । स्वतन्त्र सांसद एवं गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेले आज सपथ ग्रहण गर्दैछन् । मनाङ्ग जिल्लाबाट प्रदेशसभामा निर्वाचित मनाङ्गे सपथ लिनका लागि आइतबार बिहानै पोखरा आउने तयारीमा रहेको जनाइएको छ । ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्गेको मुद्दा किनारा अझै लागेको छैन । उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए । मनाङ्गे तत्कालीन पुनरावेदन अदालतबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए। गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठक बोलाइएकाले आइतबार उनको सपथ हुनसक्ने भए पनि खुलाइएको भने छैन ।

जेलमै रहेर पनि राष्ट्रिय जनता पार्टी राजपा नेपालका कैलाली १ का प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीले सपथ लिएपछि मनाङ्गेलाई पनि सपथ लिने बाटो खुलेको हो। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद मनाङ्गेको पनि सपथको चर्चा चलेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083