यी अन्तर्घाती नेतालाई ‘कालोमोसो’ दल्ने कांग्रेसको तयारी

4.95K
shares

ललितपुर । तत्कालीन एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई विजय गराउन भूमिका खेलेको आरोपमा नेपाली कांग्रेस ललितपुरले ती अन्तर्घाती नेताहरूलाई गाउँ तहदेखि नै बहिस्कार र आवश्यक प-यो भने कालोमोसो समेत लगाउने गरेर तयारी गरेकोे छ ।

निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेका नेताहरूलाई ललितपुर कांग्रेसले कारबाहीका लागि केन्द्रमा नाम लेखेर पठाएको छ । कारबाहीको सूचीमा पर्नेहरूमा नाम चलेका नेताहरू छन । कांग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठ, रामकृष्ण चित्रकार, कवेलबहादुर लामा र जितेन्द्र मलेखु रहेका छन । यो समूहले ललितपुर कांग्रेसलाई हानिनोक्सानी पु¥याएको आरोप छ । निर्वाचनका बेला यो समूहले नवराज सिलवाल, पम्फा भुसालका लागि भोट मागेको रेडर्क ललितपुर कांग्रेससँग छ ।

यही समूहले पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकता दिवस बिथोल्ने कार्य गरेको थियो । त्यसपछि ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य निकटका नेता तथा कार्यकर्ताहरूले कांग्रेसका अन्तर्घाती समूहलाई धक्कामुक्का गरेर पार्टी कार्यालयबाट बाहिर भगाएको थियो ।

यसैबीच, अन्तर्घाती समूहको क्रियाकलापबाट आजित बनेका ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यको शनिबार आफनै निवासमा गोप्य बैठक राखेका छन । सभापति अमात्य अन्तर्घाती नेताहरूलाई गाउँ र टोलदेखि नै बहिस्कार गर्नुपर्ने निस्कर्षमा पुगेका छन ।

स्रोतका अनुसार बैठकमा कांग्रेसलाई नोक्सानी पु¥याउने अन्तर्घाती नेताहरूलाई कालोमोसो दलेर कारबाही गर्नेसम्मको विषयमा छलफल भएको थियो । अधिकांश नेताहरूले अन्तर्घातीहरूलाई कालोमोसो दलेर ठेगान लगाउनुपर्ने सुझाव दिएका थिए ।

तर, सभापति अमात्यले कालोमोसो दल्नेभन्दा पनि कार्यकर्ताहरूबाट त्यस्ता अन्तर्घाती नेताहरूलाई बहिस्कार गर्नुका साथै कुनै पनि कार्यक्रममा सहभागी नगराउन पार्टी मातहतलाई निर्देशन दिएका छन ।

‘कांग्रेसलाई नोक्सानी गर्ने अन्तर्घातीहरूलाई कालोमोसो दल्नुपर्छ । कांग्रेसले गर्ने कार्यक्रमलाई जहिले पनि कम्युनिस्टहरूको उक्साहटमा लागेर बिथोल्छन’, उच्च स्रोतले भन्यो, ‘कवेलबहादुर लामासहितका अन्तर्घातीहरूलाई कालोमोसो दलेर कारबाही गर्न दवाव परेको छ । सम्भवत कांग्रेसका कार्यकर्ताले अब यस्ता अन्तर्घाती नेताहरूलाई कालोमोसो दल्नेछन । अन्तर्घातीहरूको मनोबल उच्च हुँदै जाँदा कांग्रेसलाई ठूलो नोक्सानी भैरहेको छ ।’

ललितपुरका अन्तर्घाती नेताहरूलाई कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले साथ दिएर काखी च्याप्न खोजेको छ । सिटौला समूहका केन्द्रीय सदस्य उमाकान्त चौधरीले अन्तर्घाती समूहका नेताहरूलाई पुस १६ गतेको कार्यक्रममा स्थान दिन खोजकै कारण विवाद भएको थियो ।

ललितपुर कांग्रेसमा अन्तर्घातीको नाइके भनेर कवेलबहादुर लामालाई आरोप लगाउने गरिएको छ । पुस १६ गतेको कार्यक्रममा भाँडभैलो मच्चाउन खोजेपछि कवेलबहादुर लामालाई सभापति अमात्य निकटका कार्यकर्ताले हातपात समेत गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कवेलबहादुर लामा र उनको समूहले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई हराउन एमालेका उम्मेदवारको पक्षमा भोट मागेको फोन रेकर्ड लिक भएपछि ललितपुर कांग्रेसका नेताहरू रिसाएका हुन । कवेलबहादुर लामाले सूर्यमा भोट हाल्न भनेर कांग्रेसका नेता तथा कार्यकर्तासँग मत मागेको फोन रेकर्डसमेत ललितपुर कांग्रेससंग सुरक्षित छ ।

शनिबार बसेको गोप्य बैठकमा सभापति अमात्यका साथै पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, महासमिति सदस्य मीनकृष्ण महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, जिल्ला सचिव भीमसेन घिमिरे, प्रकाशनन्दन जोशी, कर्म बेञ्जनकार लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083