पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कालोमोसो दल्ने वैद्य माओवादीको यस्तो छ धम्की

4.21K
shares

काठमाडौं । वाइडबडी जहाज खरिदमा अनियमितता संलग्न रहेको भन्दै युवाहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई कालोमोसो दल्ने चेतावनी दिएका छन्। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट उनीहरुले सार्वजनिक स्थानमै मन्त्रीलाई कालोमोसो दल्ने गरी तयारी भइरहेको समेत जानकारी दिएका छन्।

यसअघि उनीहरुले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै गएर कालोमोसो दलेका थिए। अब मन्त्रीको पालो आउने उनीहरुको भनाई थियो। वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गर्ने लाई कारवाहीको माग गर्दै सोमवार राजधानीमा क्रान्तिकारी माओवादीले गरेका प्रदर्शनमा युवाहरुको अबको निशाना मन्त्री अधिकारी भएको बताए।

क्रान्तिकारी माओवादीका नेताहरुले पार्टीको नीति अनुरुप भ्रष्टाचारीलाई कारवाही अगाडि बढाएको स्पष्ट पारे। नेता सुरेश श्रेष्ठले वाइडबडी प्रकरणमा भ्रष्टाचारमा मुछिएका मन्त्री अधिकारीलाई सार्वजनिक कार्यक्रममै कालो झण्डा देखाएर कालोमोसो दल्ने चेतावनी दिए। यसअघि कंसाकारलाई कालोमोसो दलेको स्मरण गर्दै भ्रष्टाचारीलाई नछाड्ने उनको भनाई थियो। नेता श्रेष्ठले कंसाकारलाई कालोमोसो दलेको अभियोगमा पक्राउ परेका क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य सुरेश तामाङ रिहा गर्न समेत माग गरे।

तामाङलाई अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ। अर्को नेता क्रान्तिकारी माओवादीका ३ नं प्रदेश सेक्रेटरी दिनेश शर्माले पार्टीको नीति अनुरुप कंसाकारलाई कारवाही गरिएको र अब भ्रष्टहरुमाथि तीव्र गतिमा कारवाही अगाडि बढाइने छ ।


divya collage
unigloble collage