संसदमा बमजनको चर्चा, पक्राउ नगरेकोमा सांसदहरुको आपत्ति

वि.सं.२०७५ पुस २५ बुधवार १२:४१
shares

काठमाडौं । संसदमा तपस्वी रामबहादुर बमजनको बिषयमा कुरा उठेको छ ।राष्ट्रियसभाको बुधवारको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बमजनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरेकी छन् ।
सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदा समेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनु प्रति उनले आपत्ति प्रकट गरेकी छन् ।
बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पु¥याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गरानुभयो । यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद चक्रप्रसाद स्नेहीले डडेलुधरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले आगलागीका कारण डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह गरे ।