सांसदहरुको प्रश्नको जवाफ दिन सरकारलाई सभामुख महराको निर्देशन

4.28K
shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सार्वजनिक महत्वको वक्तव्य दिएपछि संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले प्रतिनिधिसभा नियमावलीअनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि सांसदको प्रश्न सोध्ने अधिकार सुरक्षित गर्न सरकारले जवाफ दिनुपर्ने निर्देशन दिए । त्यसअघि, बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सार्वजनिक महत्वको विषयमा सरकारले वक्तव्य दिएपछि सांसदले उठाएको प्रश्नको जवाफ नदिए आगामी दिनमा संसद चल्न नदिने चेतावनी दिए ।

प्रतिपक्षीले अवरोध गर्दागर्दै संसद चलाउनु संसदीय मर्यादाको विपरीत रहेको भन्दै प्रमुख सचेतक खाँणले आफूहरुको माग पूरा नभए संसद चल्न नदिने बताए । यसैगरी, बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालले मधेस थरुहट आन्दोलनमा भएको क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।


Mitsubishi Long Ad