स्वबियु चुनाब तयारीका लागी त्रिबिको निर्देशन स्वागतयोग्य : दिपेश पुन

14.83K
shares

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो ।

स्ववियु निर्वाचनको पूर्व तयारी गर्ने सम्बन्धि परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित एवंम् सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पुर्व तयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ । त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ ।

दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढँङ्गले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ

यसै बिच नेपालटक सँग कुरा गर्दै नेकपा निकट अखिल (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष दिपेश पुनले चुनाव गराउन त्रिविले गरेको निर्देशन स्वागत योग्य भएको बताए। उँनले सबै बिध्यार्थी संघ संगठनहरु स्ववियु चुनाबका लागि तयारी अबस्थामा रहेको जानकारी दिए ।उनले दुबै संगठनको आन्तरिक एकता छिट्टै सकेर सिंगो संगठन स्ववियू चुनाबमा केन्द्रित हुने जानकारी दिए।

त्रिभुवन बिश्वबिद्धालयले स्ववियु चुनाब गराउन गरेको निर्देशन र सबै संगठनहरु पनि चुनाबमा भाग लिन तयार रहेको अबस्थामा कसैले चुनाब हुन नदेलान कि भन्ने आशंका नपाल्न समेत पुनले सबैलाई अनुरोध गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083