‘भ्रमण भत्ताका नाममा राष्ट्रको एक पैसा पनि खाएको छैन’ : मन्त्री पण्डित

5.27K
shares

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भ्रमण भत्ताका नाममा आफूले राष्ट्रको पैसा नखाएको जिकिर गरेका छन् ।

मन्त्री पण्डितले कहीँ कतै जाँदा बाटो खर्च हुनु स्वभाविक भए पनि अनावश्यक शीर्षकमा पैसा नखाएको जिकिर गरे । “हिँड्दै नहिँडिकन कोठामा बसेर काम हुँदैन । जनताको बीचमा जाँदा एउटा टिम भइहाल्छ । अलि अलि खर्च त हुन्छ नि ।” पण्डितले भने ।

संघीयता कार्यान्वयको चरणमा आफू सबै भन्दा बढि व्यस्त भएको जिकिर गर्दै मन्त्री पण्डितले आफ्नो व्यस्ततालाई प्रतिपक्षले कुप्रचार गरेको बताए । “केही सुविधा लिएको छैन । बाटोमा हिँड्दा प्लेनले सित्तैमा लाँदैन । संघीयता कार्यान्वयनका लागि म धेरै ठाउँमा पुगि रहनु परेको छ । त्यतिकै संघीयता लागु हुँदैन ।” उनले भने ।

प्लेन टिकट बाहेक अरु पैसा सरकारबाट नलिएको पण्डितले बताए । विदेश भ्रमणका क्रममा पनि कार्यक्रम आयोजकै खर्चमा जाने गरेको उनको दावी छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083