सचिवमाथि कुटपिट प्रकरण : मन्त्रीको अर्को कर्तुतको पर्दाफास (अडियो रेकर्डसहित)
वि.सं.२०७५ माघ ३ बिहीवार १३:०७
shares

काठमाण्डौँ । सचिव विद्यानाथ झाले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव एनजीओको धन्दामा लागेको खुलासा गरेका छन् । आफ्नो एनजीओलाई कार्यक्रम पारिदन आग्रह गरेको र आफूले नमानेपछि आफूमाथि मन्त्रीले हात हालेको उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक अडियो रेकर्ड सार्वजनिक गर्दै सचिव झाले मन्त्री यादवले चलाउँदै आएको एनजीओको नामसमेत उल्लेख गरेका छन् । मन्त्रीबाट पिटिएपछि आफ्नो बचाउ गर्दै सचिव झाले मन्त्रीको नाममा रहेको एनजीओको नामै उल्लेख गरेका हुन् । सचिव झाले दिएको जानकारीअनुसार सिरहा गोलबजार नगरपालिकामा ‘सहकार्य नेपाल’ नामक एनजीओलाई मन्त्री यादवले बजेट पारिदिन दबाब दिँदै आएका थिए । उक्त एनजीओले कार्यक्रमको आशयपत्र सिरहा र सप्तरीको लागि प्रतिस्पर्धामा फारम भरेको थियो ।
बजेट पारिदिएबापत सचिव झालाई उक्त संस्थामा आबद्ध व्यक्तिले फोन नै गरेर आर्थिक प्रलोभनमा पारेको रेकर्ड आफूसँग रहेको सचिव झाले दाबी गरेका छन् । उनले भनेका छन्, ‘एनजीओको नाम म घटना भएकै दिन खोल्न थाहन्थें, तर मेरो डायरी मन्त्रीज्यूले खोस्नुभएको थियो’, उनले थपे, ‘मेरो ब्याकग्राउन्ड खोतल्नेको आँखा खुलोस् भनेर प्रमाण सुरक्षित राखेको छु ।’
मैथिली भाषामा गरिएको कुराकानीमा संस्थाआबद्ध व्यक्तिले सचिवलाई भनेका छन्, ‘पिसिबाला भाग हुन्छ भने मन्त्रीको मान्छे हो भने दिँदैन भनेर नसोच्नु होला ।’ प्रतिक्रियामा सचिव झाले भनेका छन्, ‘मलाई एकसुको चाहिदैन, यी कुरामा मेरो रुचि छैन, यस्ता कुरा मेरा अगाडि नगर्नुहोला, तपाईंको संस्थाले ठूलै सिफारिस पाएकोले मेरो ध्यान गएको छ ।’
https://www.facebook.com/bidyanathjha/videos/10215210110218953/






























