प्रधानमन्त्री–सांसदबिच प्रश्नोत्तर आजबाट सुरु हुदैं

4.85K
shares

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर आजबाट सुरु हुने भएको छ । प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो र तेस्रो साता सांसदले प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने व्यवस्था नियमावलीमा रहेकाले आजबाट सो व्यवस्था सुरु हुन लागेको हो ।

संसद्लाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन भन्दै प्रधानमन्त्री र मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको व्यवस्था नियमावलीमा राखिएको थियो । तर व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको थिएन । आज पहिलो दिन १० जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन् । त्यसलगतै प्रधानमन्त्रीले जवाफ दिनेछन् । प्रधानमन्त्रीले दिएको जवाफमाथि भने बैठकमा छलफल नहुने व्यवस्था छ ।

संसद भवन नयाँ बानेश्वरमा मध्यान्ह बस्ने बैठकमा प्रधानमन्त्री ओलीले आसन्न स्विट्जरल्यान्ड भ्रमणबारे पनि संसद्लाई जानकारी गराउने संसद् सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा सरकारले बिभिन्न विधेयक पेश गर्ने तयारी गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083