‘सरकार दुई तिहाईको दम्भले ग्रस्त भयो’ : नेता पौडेल
वि.सं.२०७५ माघ ८ मंगलवार १२:५३
shares

पाल्पा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रस्त भएको बताएका छन् । उनले नेकपालाई नपत्याएको मत प्राप्त भएको र नपत्याउने मत पाएर कांग्रेस हारेको उनले बताए ।
नेपाल प्रेस युनियन पाल्पाले मंगलबार तानसेनमा राखेको अन्तरक्रियामा बोल्दै उनले भने, ‘त्यसैले गर्दा पनि नेकपाको सरकार दुई तिहाईको दम्भले ग्रस्त भएको छ।’ प्रतिपक्ष नै छैन जस्तो स्थिति बनेको अवस्थामा वर्तमान प्रधानमन्त्रीले प्रतिपक्ष नभएको उक्ति दिँदै हिडेकामा आपत्ति जनाए। उनले यति भनिरहँदा एक वर्षमै कहाँ छ सरकाररु भन्ने अवस्था आइसकेको बताए।
वर्तमान सरकारलेअघिल्ला सरकारबाटभएका कामको प्रगतिमा गएर फोटो खिचाउने काम मात्रै गरेको उनले आरोप लगाए। नयाँ कामको सुरुवात नै गर्न नसकेको बताउँदै उनले कुनै पनि काममा प्राथमिकीकरण गर्न नसकेको बताए। ‘पहिले करोड भ्रष्ट्राचार भएको सुनिन्थ्यो,’ उनले भने, ‘अहिले अर्बौ भ्रष्ट्राचार भएको सुनिएको छ।’
नेतालाई पनि निरकुंश बनाउन नहुने भन्दैअहिले कांग्रेसको विधानपूर्ण लोकतान्त्रिककरण गरेको पौडेलले बताए। उनले विद्यान समावेशी बनाएको र कांग्रेसको महासमिति बैठकले एउटा अनुपम लोकतान्त्रिक र अनुपम समावेशी विधान दिएको बताए। ‘अब हामीले कार्यसमितिको अवधि बढाउन हुँदैन,’ उनले भने, ‘मैले सययमै निर्वाचन गराउन पर्छ भन्दै आएको छु। अब समयमा नै महाधिवेशनमा जानुपर्छ। यसो गर्न सकिएन भने पार्टीको हितमा हुँदैन।’
उनले तोकिएको समयसिमा नै महाधिवेशन गराउनुपर्ने बताउँदै कांग्रेसको सिंगो कार्यसमितिले पार्टीले आम चुनाव पराजयको जिम्मा लिएको बताए।




























