शान्ति र समृद्धिको लागि राज्यले युवामा लगानी गर्नुपर्छ : मदन भुल

5.89K
shares

काठमाडौ । नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सचिब मदन भुलले नेपालमा बढी भन्दा बढी युवाहरुलाइ रोजगारका अवसर सृजना गर्नु पर्ने बताएका छन् ।

इतिहासका हरेक कालखण्डमा राजनीति ब्यवस्था परिबर्तनको लागि होस, आर्थिक परिबर्तन एबम् सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा युवा बर्गको नेतृत्वदायी भुमिका भएको बताए । यो मुलुकलाई आर्थिक समृद्धि को लागि राज्यले नेपालमा ठुल-ठुला उघोग धन्दा र कलकारखाना खोल्नु पर्ने बताएका थिए ।  युवाहरुको शिक्षा स्वास्थ र रोजगारको सम्पुर्ण ग्यारेन्टी राज्यले लिनु पर्छ ,उनले भने ।

नेता भुलले नेपालका राजनीतिक दलहरुले दलिय स्वार्थ भन्दा माथी उठि युवा हरुको बिदेश पलाएन रोक्नु पर्ने बताए । युवाहरुका समस्या समाधान नभय देश विकासको दृष्ठिकोणले धेरै पछाडी धकेलिने बताए ।

अहिलेको सत्ता पक्ष र प्रतिपक्षदलहरु आपसी लडाइ भन्दा बेरोजगारी अशिक्षा रुढिबादी अन्धबिश्वास कुरिती र कुशस्कार विरुद्धको लडाइ लड्नु पर्ने बताए। उनले नेपालको राष्टिय युवा नीतिको मुल मर्म र भावलाई कार्यन्यन गर्न सबै तहका सरकार जिम्मेवार भयर लाग्नु पर्ने बताए।

अछाम साफेबगरका काठमाडौमा बस्दै आएका युवाहरुलाई पनि अछाम साफेको बिकासमा कसरी जोड्ने र युवाको क्षमता तथा नेतृत्व विकास गर्नु पर्ने बताएका थिए । रचनात्मक काम गर्ने उदेश्यले समन्वय समिती गठन तथा समाज विकासमा युवाहरुको भुमिका बिषयमा भएको कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै उनले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रम बाट गोबिन्द भणडारी संयोजक र हिमाल कुवर सहसंयोजक रहने गरि १५ सदस्य कार्यसमिति गठन भयको थियो। उक्त कार्यक्रममा साफेबगर युवा सन्जाल अध्यक्ष भुपेन्द्र भण्डारी अनेरास्ववियु क्रान्तिकारी का नेता शङकर बि.क लगायतहरुको सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083