मनमोहनले देख्न नपाएका दुई तिहाई ‘मार्सीमोहन’का लागि देख्न पाइयो, बधाई छ : गगन

4.86K
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् ।

संसदको आइतबार बैठकमा बोल्दै सांसद थापाले डा. गोविन्द केसीलाई पराजित गरेर धेरैलाई खुसी बनाएको भन्दै बधाई दिएका हुन् ।

न्याम्सको नाम मनमोहन अधिकारी राख्न खोज्दा देख्न नपाएको दुई तिहाई अहिले देख्न पाएको भन्दै उनले भने, ‘दुई तिहाईको दभ्भ देख्नै पाएका थिएनौं । अनेक ठाउँमा दुई तिहाई देख्न पाइएन । कमरेड मनमोहनका लागि पनि देख्न पाएका थिएनौं । मार्सीमोहनका लागि देख्न पाइयो, सरकारलाई बधाई छ ।’

नेपालका जताततै भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री ओलील ऐना नै हेर्न बन्द गरिदिए हुने बताए । ‘प्रधानमन्त्री भन्नुहुन्छ, म भ्रष्टाचारीको अनुहार हेर्दीँन् । यत्रतत्र भ्रष्टाचारी राख्दाखेरी मलाई लागेको छ, प्रधानमन्त्रीले ऐना हेर्न बन्द गर्नुपर्छ ।’ उनले भने । उनले प्रधानमन्त्री ओलीलाई एकपटक ऐना अगाडी उभिएर आफ्नो अनुहार हेर्न अनुरोध गरेका छन् । ‘प्रधानमन्त्री ओलीले एकपटक ऐना हेर्नुभयो भने आफ्नो अनुहारको दाग देख्न सक्नुहुन्छ । पहिला दाग हटाउनुहोस् ।’

उनले आइतबार बसेको संसदीय सुनुवाई समिितमा प्रतिपक्षी दलसमक्ष गरेको गल्तीलाई संसदबाट नै गल्ती स्वीकार्न लगाउने दावी समेत गरेका छन् । दुई तिहाईको सरकारलाई प्रतिपक्षी कस्तो हुन्छ भन्ने कुरा अब देखाउने चेतावनी दिएका छन् । साथै, दुई तिहाई सरकरका प्रधानमन्त्रीले तथ्याङ्क तोडमोड गरेर प्रस्तुत गरेको उनले बताए । ‘नेपाल सरकारलाई बधाई छ, एउटा जोगी डाक्टरले सरकारसंग निउँ खोज्यो, त्यो पनि दुई तिहाईको सरकारसंग ।’ उनले बताए ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083