स्ववियु चुनावको मिति घोषणा गर्न त्रिविलाई ४८ घण्टे अल्टिमेटम !

4.36K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनले ४८ घण्टाभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई अल्टिमेटम दिएको छ ।

बुधबार उपकुलपति डा. तीर्थ खनियाँसँग भेट गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले ४८ घण्टाभित्र स्ववियु चुनावको मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी दिएको हो । हाल क्याम्पसहरुमा रहेको स्ववियुको पदावधि फागुन १८ गते सकिदैछ । त्यसैले फागुनभित्र चुनाव हुने गरी मिति घोषणा गर्न अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले माग गरेको छ ।

यो पनि पढ्नुहोस् :

स्ववियु निर्वाचनको तयारिमा जुटौं : अध्यक्ष तामाङ

त्रि.विलाई संयुक्त संगठनको ज्ञापन पत्रः फागुन १८ मा नै स्ववियु निर्वाचन हुने

स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन

स्ववियु चुनावसम्म नेविसंघको म्याद थप्ने प्रस्ताव

एक महिनाअघि निर्वाचन मिति र कार्यतालिका घोषणा गर्नुपर्ने भए पनि हालसम्म नगर्दा फागुनमा चुनाव हुनेमा आशंका देखिएकाले अल्टिमेटम दिएको अनेरास्ववियु त्रिवि क्याम्पस कमिटीका अध्यक्ष मदन विष्टले जानकारी दिए ।

विद्यार्थी संगठनसँगको भेटमा उपकुलपति खनियाँले यस विषयमा त्रिवि पदाधिकारीहरुसँग छलफल गर्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083