सचिवालयले बोलि सक्यो, व्यक्तिले के भन्छ त्यसको अर्थ छैन : अध्यक्ष ‘प्रचण्ड’

6.68K
shares

काठमाडौं । भेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए। यसले अमेरिका रुष्ट भएको छ।

पछिल्लो पटक अमेरिकी राजदूतलाई भेटे पछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको अभिव्यक्ति दिए। तर, भोलिपल्ट प्रचण्डले त्यसमा काउन्टर दिए। सचिवालयले वक्तव्य दिइ सकेकाले व्यक्तिले के भन्छ, त्यसको अर्थ नरहने प्रचण्डले बताएका छन्।

यो पनि पढ्नुहोस् :

अमेरिकी राजदूतसँग ओलीले भने-प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ हो

चितवन पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले त तपाईको वक्तव्य चिप्लिएकै हो भन्नु भएको छ नि भन्ने प्रश्न सोधेका थिए। जवाफमा उनले भने, ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नु भयो मैले हेरेको छैन। तर, प्रधानमन्त्रीजी सहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरि सके पछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ राख्दैन।’

स्वतन्त्र, सावभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरी हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफूले राजनीतिक वक्तव्य दिएको उनले स्पष्ट पारे। परराष्ट्र मन्त्रालयबाट जारी भएको वक्तव्य त्यही स्पिरिटको भएको उनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083