वाईडवडी प्रकरणः समितिको निर्देशन कार्यान्वयन नभएको भन्दै समितिका सदस्यहरु आक्रोशित

4.72K
shares

काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभाव शुन्य रहेको भन्दै सभापतिसंग आक्रोश पोखे।

वाईडवडी विमान खरिद प्रकरणमा समितिले दिएको निर्देशन कार्यान्वयबारे अनुगमन नभएको, सो क्रममा उपसमितिलाई झुटा विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस नगरिएको, चिनीलगायत सर्वसाधरणको दैनिक उपभोग्य सामानमा भईरहेको कार्टेलिङमा चाँसो नदेखाएको भन्दै सदस्यहरुले सभापतिको कार्यशैलीप्रति असन्तुष्टी जाहेर गरे। उनीहरुले प्रभावकारी ढंगले काम नगर्ने हो भने समिति खारेज गर्न माग गरे।

समिति सदस्य प्रेम बहादुर आलेले समितिको निर्देशन कार्यान्वयन नगर्ने सम्बन्धित मन्त्रालयलाई बोलाई छलफल गर्ने काम हुन नसकेको गुनासो गरे। उनले कार्यान्वयन पक्ष फितलो हुँदै जाँदा समितिको अस्तित्व नरहने भएकाले खारेज गर्न माग गरे। उनले वाईडवडी प्रकरण अध्ययनको क्रममा उपसमितिलाई झुठा विवरण उपलब्ध गराउने निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस गर्नुपर्ने बताए।

समिति सदस्यहरु लेखराज भट्ट र हृदयेश त्रिपाठीले समितिको निष्कर्षलाई कार्यान्वयन गराउन स्पष्ट मापदण्ड बनाउनुपर्ने, समसामयिक विषयमा छलफल गरि आवश्यक निर्देशन गर्नुपर्ने भन्दै सभापतिको गम्भीर ध्यानाकर्षण गराए। समिति सचिव डा। रोजनाथ पाण्डेले गुठी जग्गा हिनामिना, कोशी करिडोरमा विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको प्रशारण लाईन टेण्डर आव्हान, तारागाउँ जग्गा भाडा र शेयरको पुर्न मूल्यांकनलगायत बारेमा उजुरी परेको जानकारी गराए।

उनले फोर जी एलटी टेण्डरमा अनियमितता भएको उजुरी परेकाले सो सम्बन्धी कागजात माग्न समितिले ४ पटक पत्राचार गरेपनि नेपाल टेलिकमले उपलब्ध नगराएको बताए। छलफलमा अधिकांश सदस्यहरुले झुठा विवरणका कारण वाईडवडी विमान खरिद प्रकरणको अध्ययन गर्ने क्रममा समितिको साख गिरेको भन्दै गलत विवरण उपलब्ध गराउनेलाई कारवाहीको सिफारिस गर्न सुझाएका थिए। साथै समितिमा प्राप्त उजुरीबारे छलफल गरि आवश्यक निर्देशन गर्न पनि उनीहरुले माग गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083