मन्त्री अधिकारी भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर ? : सांसद ‘यादव’

4.2K
shares

काठमाडौं । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारमा आँखा चिम्लेर बसेको आरोप लगाएका छन्।

संसदको सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका यादवले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार सेलाउन नपाउँदै अन्य जहाजको इन्जिन र लिज लिने क्रममा ठूलो भ्रष्टाचार भएको बताए। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘नेपाल एयरलाइन्सको वाइडबडी विमान भ्रष्टाचार सेलाउन नपाउँदै इन्जिन बनाउने र लिज लिनेमा १५३ करोडको घोटला अगाडि आएको छ।’

उनले थपे, ‘एयरबस २३० जहाजको मेन्टिनेन्स तथा लिजको लागि निगमको दलालको शर्त नपुगेको हुनाले टेन्डर परेन, त्यसकारण अर्को टेन्डर प्रक्रिया शुरु भएको छ।’ निगममा यस्तो भ्रष्टाचार हुँदा पनि मन्त्री अधिकारीले केही पनि नगरेको यादवको आरोप थियो। उनले थपे, ‘नागरिक उड्ययनमन्त्री भाङ खाएर सुत्नुभएको छ कि? शुभलाभ पाएर सुत्नुभएको छ?’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083