कमजोर कार्यशैलीले सोचे जस्तो विकास हुन सकेन : डा.भट्टराई

4.5K
shares

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले राजनीतिक परिवर्तन पछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताएका छन्। पार्टीको एक महिने अभियानका क्रममा दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रममा उनले अख्तियार आयोगको जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन नसक्ने टिप्पणी गरे।

बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा औँल्याउँदै उनले विज्ञान र प्रविधिले पुरातन विश्वास भत्काएका कारण आशा जगाएको बताए। सोही अवसरमा जिल्लास्थित राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारणले सशस्त्र युद्धकालमा भएको मानवीय तथा भौतिक क्षतिको दोषबाट नयाँ शक्ति उम्कन नहुने, पीडितको न्यायका लागि दायित्व लिनुपर्ने, सामाजिक तथा सांस्कृतिक समस्याका विषयलाई समेत जनसंवादको विषयवस्तुमा समेट्न सुझाव दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083