बम आतंकपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक
वि.सं.२०७५ फागुन ११ शनिवार १६:३६
4.81K
shares
shares

काठमाडौं। गृह मन्त्रालयले शान्ति सुरक्षासम्बन्धी आकस्मिक बैठक बोलाइएको छ। अज्ञात समूहले देशभर शुक्रबार राति आक्रमण गरेसँगै गृह मन्त्रालयले बैठक बोलाएको हो। बैठकमा गृह मन्त्री, सुरक्षा निकायका प्रमुखको समेत उपस्थिति रहेको बताइएको छ।
शुक्रबार एनसेलको मुख्यालय नख्खुमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए। साथै एनसेलको करिब २ दर्जन टावरहरुमा आगजनी र विस्फोट गराईएको छ।


















