मन्त्री अधिकारीसहितको शव लिएर हेलिकोप्टर काठमाडौं उड्यो
वि.सं.२०७५ फागुन १६ बिहीवार १२:२९
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन रवीन्द्र अधिकारीसहितको शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको लागि उडेको छ। भारी हिमपातका कारण उड्न नसकेको हेलिकोप्टर मौसममा सुधार आएसँगै काठमाडौंको लागि उडेको ताप्लेजुङ प्रहरी प्रमुख डिएस्पी संजयसिंह थापाले जानकारी दिए।
ताप्लेजुङको सिस्नेभरिमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका मन्त्री अधिकारीसहित सातैजनाको शव काठमाडौँ पठाइएको हो। बुधबार सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएका मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका नै नेपाली सेनासहितको उद्धार टोलीले सुकेटार विमानस्थल ल्याएको थियो।
बाँकी तीनजनाको शव बिहीबार बिहान विमानस्थल ल्याएपछि केही घण्टा मौसम खराब भएका कारण हेलिकप्टर उड्न सकेको थिए। तर अहिले मौसम खुलेपछि शव हेलिकप्टर राखेर काठामाडौँ पठाइएको डिएसपी थापाको भनाई छ।














