रवीन्द्र अधिकारी एक उदयीमान नेता हुनुहुन्थ्यो : झलनाथ खनाल
वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:५९
5.64K
shares
shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले स्व. रवीन्द्र अधिकारीले नेपाली राजनीतिका क्षेत्रमा पुर्याएको योगदानको सधै स्मरण भइरहने बताएका छन्।
शुक्रबार टुडिँखेलमा आयोजित श्रद्धाञ्जली कार्यक्रम पछि नेता खनालले अधिकारी लगायत सातै जना नेपालका होनाहार नागरिकको दुर्घट्नामा ज्यान गएकोमा दुःख प्रकट गरे।
‘यो घट्ना अकल्पनीय हो। हामी कसैले कल्पना गर्न सक्दैनौँ’ नेता खनालले भने, ‘दुर्घटनामा ज्यान गुमाउन पुगेका रवीन्द्र अधिकारी एक उदयीमान नेता हुनुहुन्थ्यो। अधिकारीले सानै उमेरमा नेपालको कम्युनिष्ट राजनीतिक क्षेत्रमा जुन योगदान दिनुभएको थियो त्यो अत्यन्त महत्वपूर्ण छ।’
उनले विद्यार्थी आन्दोलन, कम्युनष्टि आन्दोलन वा लोकतान्त्रिक देश भक्तिपूर्ण आन्दोलनहरुमा अधिकारीले पुर्याएको योगदान समरणीय भएको बताए।














