सुखानी विद्रोहका योद्धाको स्मरण, ओली-प्रचण्ड झापामा

5.95K
shares

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा सुखानी घट्ना चर्चित घटनाहरुमध्येमा पर्छ। तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत ५ युवाले गोली खानु परेको यो घट्नालाई ‘झापा विद्रोह’का नामले समेत चिनिन्छ। त्यसयता नेपालका कम्युनिष्टहरुले सुखानी दिवस मनाउदै आएका छन्। नेकपाले यो बर्ष झापा विद्रोहका योद्धाको सम्झनामा ‘सुखानी दिवस’ झापाको दानावारीमा रहेको सुखानी उद्यानमा मनाउँदै छ।

सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा मंगलबार झापामा हुने कार्यक्रममा नेकपाका अध्यक्षद्धय केपी शर्मा शर्मा ओली र प्रचण्डले सम्बोधन गर्दैैछन्। यसका लागि प्रचण्ड सोमबार बिराटनगर हुदै झापा पुगेका छन् भने प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली आजै त्यसतर्फ जाँदैछन्। पञ्चायती शासकले २०२९ फागुन २१ गते त्यसबेलाका कम्युनिष्ट युवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमा क्षेत्र सुखानीको जंगलमा हत्या गरेको थियो।

२०२९ साल कात्तिकमा पक्राउ परेका दाहाल, घिमिरे, राजशंशी कुइँकेल र श्रेष्ठलाई झापाबाट इलाम जेल सार्ने नाममा गोली हानेर हत्या गरिएको थियो। त्यसपछि नेपालका कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गरेका छन्। हत्या भएको स्थानमा उनीहरु ५ जनाकै शालिक निर्माण गरिएको छ। विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई अहिले पनि ‘झापा विद्रोह’का रुपमा चिनिन्छ।

त्यसवेला कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो झापा बिद्रोहबाट अत्तिएको पञ्चायती निरंकुश सरकारले विद्रोह दमन गर्ने क्रममा ती योद्धालाई गोली हानी हत्या गरेको थियो। यही विद्रोहका जगमा नेकपा(माले) नेकपा(एमाले) एवम् नेकपा (माओवादी) हुँदै अहिले संसदमा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति (नेकपा) बनेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083