श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन : उमा रेग्मी

6.72K
shares

काठमाडौं। आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन्। दिवसको अवसरमा रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कार कार्यक्रममा विभिन्न दलका नेतृ तथा महिला अधिकारकर्मीले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन्।

साक्षात्कारमा नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शासन सम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन्। विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन्।

तर अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभै आफूहरुको संघर्षले प्राप्त भएको रेग्मीले दावी गरिन्। आगामी दिनमा महिलामाथि हुने हिंसा र विभेद अन्त्यकालागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् । शासक र शासित होइन। मालिक र दास होइन। श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन?, रेग्मीले प्रश्न गरिन् ।

रेग्मीले अमेरिकामासमेत महिलाप्रतिको दृष्टिकोण परिवर्तन भइनसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीयभन्न नमिल्ने बताइन्। रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन्। ८ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेनरु सरकारले नचाहेको हो, नसकेको होइन, उनले भनिन्।

रेग्मीले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कम हुने दावी गरिन्। सबै क्षेत्रको नेतृत्व तहमा रहेका पुरुषहरुले नै भ्रष्टाचार गर्ने गरेको जिकिर गर्दै रेग्मीले महिला प्रधानमन्त्री बन्ने हो भने भ्रष्टाचार रोकिने दावी गरिन्। कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिएपनि पर्याप्त नभएको तर्क गरिन्।

आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुख जति महिलालाई दिइएको गुनासो गरिन्। कार्यक्रममा नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तिका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन्। महिला संघर्षको उपलब्धि स्वरुपप्राप्त उपलब्धिलाई रक्षागर्दै थप अधिकारका लागि अघि बढ्नु पर्नेमा उनले जोड दिइन्।

निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ति जनाइन्। पछिल्लो समय निर्मलाप्रकरण नै सरकारको प्रमुख मुद्धा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुईतिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083