‘पार्टीमाथिको प्रतिबन्ध संविधान विपरित छ’ : नेता केसी

6.75K
shares

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गरे।

विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि, नेता केसीले भने, “राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरित छ।जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उनले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिए।

प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र धैर्य बन्नाका साथै लोकतान्त्रिक प्रकृयाबमोजिम अघि बढिरहेको स्पष्ट पारे। पार्टी नीतिगत एवं नेतृत्वगत रुपमा पारदर्शी भएर अघि बढ्नुपर्छ भन्ने विचारका साथ आफूहरू पार्टीको सुधार गर्ने क्रममा रहेको उनको भनाइ थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083