सीके राउतको नयाँ पार्टी ‘जनमत’ गठन
वि.सं.२०७५ चैत ४ सोमवार १९:२३
shares

काठमाडौं। सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिका बेला ‘जनमत संग्रह’ र ‘जनअभिमत’को शब्दलाई लिएर विवादमा तानिएका सीके राउतले अन्ततः आफ्नो पार्टीको नाम नै परिवर्तन गरी ‘जनमत’ राखेका छन्।
सरकारले सम्झौतामा ‘जनमत संग्रह’ नभइ जनअभिमत भएको स्पष्ट पारिरहँदा सीके राउतले भने स्वतन्त्र मधेशका लागि जनमत संग्रह गर्न सरकार सहमत भएको दाबी गरेका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। ‘जनमत संग्रह गराउन सरकार सहमत १ स्वतन्त्र मधेश गठवन्धनको सवै मुद्दा फिर्ता हुने।
यता सरकारले सीके साउत सँग गरेको सहमति द्विअर्थी भएको भन्दै सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका सांसदहरुले नै संसदमा गृहमन्त्री रामबहादुर थापासंग जवाफ समेत मागेका थिए।
सिरहामा भएको राष्ट्रिय परिषद् बैठकले राउतको नेतृत्वमा पार्टीको नाम ‘जनमत पार्टी’ राख्दै ३५ सदस्यीय कार्यकारिणी समिति समेत गठन गरेको छ।
स्वतन्त्र मधेश गठबन्धनको सिरहाको लहानमा चैत्र ३, ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) मा विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा पार्टीको नाम परिवर्तन गर्दै ‘जनमत’ पार्टी राख्ने निर्णय भएको हो।













