अमेरिकास्थित नेपाली राजदूतावासमा प्रचण्डको स्वागत
वि.सं.२०७५ चैत ६ बुधवार १४:३९
6.57K
shares
shares

काठमाडौं । अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत गरिएको छ। अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनबहादुर कार्कीलगायत कर्मचारीले प्रचण्डलाई राजदूतावासमा स्वागत गरेका थिए।
उक्त कार्यक्रममा प्रचण्डलाई राजदूतावासका कामबारे राजदूत कार्कीले ब्रिफिङ गरेको गंगा दाहालले जानकारी दिएकी छन। प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा छन। उनी सोमबार अमेरिका पुगेका थिए।




























