आज गिरिजाप्रसाद कोईरालाको नवौं स्मृति दिवस
वि.सं.२०७५ चैत ७ बिहीवार १०:४०
shares

काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको आज नवौं स्मृती दिवस हो। कोईरालाको आज भन्दा ९ वर्ष अघि ०६६ साल चैत्र ७ गते निधन भएको थियो। मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत थिए।
कोईरालाको नेतृत्वमा तत्कालीन विद्रोही समुह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो। कोइरालाकै अगुवाइमा ०६२र६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो। गिरीजाप्रसादको स्मृति दिवसमा कांग्रेसले औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरेको छैन।
सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरीजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। राजनितिक जीवनमा कोईरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो।
उनको जन्म १९८१ साल असार १८ गते भारत विहारमा भएको थियो। नेपाली राजनितीमा कोइरालाको योगदान अतुलनिय रहेको छ।
































