जापान नेपालका लागि आकर्षक श्रम गन्तव्य: मन्त्री विष्ट

4.81K
shares

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई सुरक्षित र व्यवस्थित काम गर्न जापान सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर भएको बताएका छन्। उनले जापान नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तव्य बन्ने दाबी गरे।

आज सोमबार दुई देशका अधिकारीबीच भएको श्रम सम्झौतापछि आफ्नो धारणा राख्दै मन्त्री विष्टले विगत लामो समयको नेपाल जापानको घनिष्ट सम्बन्ध अब श्रम र रोजगारीका क्षेत्रमा पनि पुगेको बताए।

श्रम सम्झौता गरेर नेपाली कामदार लैजाने विषयमा लामो समयदेखि छलफल भएको बताउँदै मन्त्री विष्टले त्यो छलफलको निर्णायक दिन आज भएको बताए। जापानले कृषि, उद्योग, पर्यटनलगायतका १४ क्षेत्रमा काम गर्ने दक्ष कामदार लैजाने ९ देशको सूचीमा नेपाल अग्रभागमा पर्नु सुखद कुरा रहेको मन्त्री विष्टले बताए।

नेपाली कामदारलाई जापान लैजान नेपालका लागि जापानका राजदूत मासमिजी साइगोले खेलेको भूमिका उल्लेख्य र प्रसंशनीय रहेको मन्त्री विष्टले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083