नेता मार्न पठाउनेहरुलाई छूट दिन सकिदैन : प्रधानमन्त्री
वि.सं.२०७५ चैत ११ सोमवार १५:२३
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द विप्लवलाई जेल बसाएर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताउनु भएको छ।
सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई छूट दिन नसकिने उहाँले बताउनु भयो।
विप्लव सहज रुपमा नआए जेलमा बसाएर भएपनि उनलाई राजनीतिको मूलधारमा ल्याइने प्रधानमन्त्रीको भनाइ छ। उहाँले शान्ति प्रक्रियालाई लामो समयसम्म जान दिएर कसैको खेल्ने मैदानको रुपमा शान्ति प्रक्रिया रहन नदिने बताउँनु भयो।
प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको समूहलाई राजनीतिक मुलधारमा ल्याउन कानूनी कारबाहीको बाटो अवलम्बन गर्ने समेत बताउनु भएको छ। उहाँले भन्नु भयो” सहज रुपमा आउनुहुन्छ भने आउनुहुन्छ होइन भने जेलमा बसेर आउनुहुन्छ जेलमा बसाएर भए पनि हामी मूलधारमा ल्याउँछौ ।प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई अगाडि बढाइने पनि बताउनु भयो।





























