गलत गरे रवि होस् वा जोसुकै होस् सरकारले कारबाही गर्छः प्रधानमन्त्री ओली
वि.सं.२०७५ चैत १३ बुधवार ११:२०
shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संयुक्त संसदीयदलको बैठकलाई आज सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन्।
वहाँहरु सहमतिमा आए ठिकै छ। नत्रविप्लव समुहका अतिवादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्छ प्रधानमन्त्री ओलीले भने विकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने चन्दा माग्ने मान्छे मार्ने अनि हंसियाहथौडा अंकित झण्डा प्रयोग गर्ने यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै। प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले साँसदलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन्। जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न रविपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस। सरकारले गरेका कामको प्रचार गर्नुहोस। जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ। त्यसको खण्डन गर्नुहोस। सत्य कुरा भन्नुहोस। जनताका कुरा सुन्नुहोस। आगामीबर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस प्रधानमन्त्री ओलीले साँसदसँग भने जनताले सोधेका हरेक कुराको जवाफनम्र ढंगले दिनुहोस।
नेकपाका संसदीयदलका नेता र एवं पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीयतहको पार्टी एकताको बारेमाजनताले साँसदसँग धेरै प्रश्न सोध्न सक्ने बताएका छन्। तर अब पार्टी एकताकालागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्। केन्द्रमा एकिकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्योयसमा अनावश्यक विलम्ब भएको छ प्रधानमन्त्री ओलीले भने तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन्।
प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको बताएका छन्। नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताएका छन्। देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्यभएको अर्को पार्टी छैन। हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली प्रधानमन्त्री ओलीले भने यहीलक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ।





























