समृद्धिको आधार र संरचना तयार : प्रधानमन्त्री ओली

5.64K
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन्। आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको दाबी गरे।‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको सबै आधार तयार भएको छ।’समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले प्रष्टीकरण दिए। ‘त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न गर्‍यौं, राष्ट्र एक ठाउँमा रह्यो,’ उनले भने, ‘सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं।’प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटकपटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको दाबी गरे। ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं।’ देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा रहेको र एकजुट अवस्थामा पुगेको उनको भनाइ छ।प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न आग्रह गरे। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तान भन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु नहुने प्रधानमन्त्री ओलीले स्मरण गराए। उनले भने, ‘हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन।’

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083