सञ्चारमन्त्रीको चेतावनी: यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्नू

4.36K
shares

काठमाडौं। सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्।

सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने उनले बताए। आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले भने स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ अपहरित हुँदैन। ज्ञानेन्द्रसित तुलना नगर्नुहोला।

ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो। कसैले जनताको अधिकार खोस्यो कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ। सधैँ यो कुरा किन उठाउनुहुन्छ पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे।

बास्तविक पत्रकारहरु समेत लज्जित हुन थालेको भन्दै उनले भने भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा केकेसम्म समाचार छाप्नुभयो। आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन आफ्नो धोती खुस्किएको थाहा छैन सरकारमाथि ख्याउँख्याउँ अचम्म लाग्छ। मन परेन भने कम्युनिस्ट पार्टीको सरकार मन परेन भन्ने हक भएको तर हुँदै नभएको कुरा नल्याउन आग्रह गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083