दश महिनामा पनि नेकपाको एकताले पूर्णता पाएन

6.4K
shares

काठमाडौं। पार्टी एकीकरणको दश महिनामा पनि नेपाल कम्युनिष्ट पार्टी ९ने क पा०को सांगठनिक एकता पूरा हुन सकेको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले चासो नदिएका कारण एकता अलमलमा परेको धेरैको बुझाइ छ।

नेकपाको सांगठनिक एकता अलमलमा परेको छ। गत जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकतामा चासो नदिएको नेकपा नेतादेखि कार्यकर्तासम्म बताउँछन्। एकतालाई अन्तिमरुप दिन गठन गरिएको कार्यदल सचिवालयले विघटन गरेपछि विवाद रहेको छ। राजनीतिक विश्लेषकहरु विभिन्न समूहमा रहेका नेताको पद व्यवस्थापन गर्न नसक्दासम्म नेकपा एकता अहिलेकै अवस्थामा रहने बताउँछन्।

अध्यक्षद्वयले एक व्यक्ति-एक पदको अवधारणा विपरीत गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका मुख्यमन्त्री पृथीवी सुब्बा गुरुङ र शंकर पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएपछि विवाद सुरु भएको थियो। यस्तै विधानमा १० प्रतिशत सम्म मनोनयन गर्ने व्यवस्थालाई अध्यक्ष ओलीले नमानेका कारण एकता पूरा हुन सकेको छैन। तर नेकपाका नेताहरु भने दुई अध्यक्षको व्यवस्तताका कारण ढिलो भएको बताउँछन्।

नेकपाको मेरुदण्ड मानिने केन्द्रीय कमिटीको बैठक नै बस्न सकेको छैन। केन्द्रीय सदस्यले जिम्मेवारी पनि पाउन सकेका छैनन्। भातृसंगठनहरुको अवस्था पनि उस्तै छ। केन्द्रीय कमिटीभन्दा पछिको पोलिट्व्यूरो गठन नै हुन सकेको छैन। एकतामा देखिएको अप्ठ्यारोले नेकपा कार्यकर्ता अन्योलमा छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083