‘विश्वले चाहेको नेता ओली होईन, प्रचण्ड हुन्’

8.54K
shares

भुमिराज अधिकारी

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली भन्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै शक्तीशाली नेता ठहरिएका छन्। एमाले र माओवादी पार्टी एकता अघि नै सरकार गठन गर्दा अध्यक्ष केपी ओली कमजोर भएको टिप्पणी हुन थालेको थियोे। अहिले त झन् नेकपा पार्टी देखि सरकार सम्म प्रधानमन्त्री ओली कमजोर भएको ठम्याउँदै आएका छन्। उनको विरोध पार्टी सरकारमा मात्र होईन जनताले पनि गर्न थालेका छन्।

विधिन्न प्रदेश /जिलाहरुमा प्रधानमन्त्री ओलीको राजिनामा समेत माग्दै आएका छन्। उनी कमजोर किन भए? उनले किन पार्टी र सरकारमा आफ्नो क्षमता देखाउन सकेनन्। यो प्रश्न आम जनता नेता कार्यकर्ताको पनि हो। एक समय उनले चर्चा कमाए तर अहिले उनले त्यो चर्चा पनि गुमाउँदै आएका छन्। दिन प्रती दिन ओली झन् निरिह बन्दै गएका छन्।

अबको राजनीति मैदानमा ओली भन्दा प्रचण्ड नै शक्तिशालि नेता हुने छन्। प्रचण्डको क्षमताले विश्व नै चकित हुन थालेको छ। हिजो जनयुद्धकाल देखि अहिले सम्मको यात्रामा उनी एक राजनीति खेलाडी पनि हुन्। एक समय भनौ या अहिले भनौ विश्वले प्रचण्डलाई नोबेल पुरस्कार दिनु पर्छ भन्दै बहस गरेकै हो। अहिले पनि विश्वमा प्रचण्डको चर्चा परि चर्चा झन् बढ्न थालेको छ। विश्वले चाहेको नेता केपी शर्मा ओली होईन प्रचण्ड नै हुन्।

नेपाली जनताले चाहेका पनि यिनै प्रचण्डलाई हो ,जब प्रचण्ड छन् र त यो देश छ। झुपडीमा हुँदा होस् या कुनै महलमा हुँदा होस् जनताको मन मस्तीकमा पस्न सफल प्रचण्ड विश्वको नै एक चम्कीलो तारा बन्दै गएका छन्। विश्वले उनको ईतिहास बुझेको छ उनको त्याग र बलिदान प्रती विश्व नै उनि प्रती समर्पित भएको छ।

नेपाली राजनीतिमा आ-आफ्ना विषयलाई लिएर विचारलाई लिएर विभिन्न प्रकारका युद्ध एक पटक भएकै हुन्। हिजो ओलीले पनि युद्ध गरेकै थिए तर उनले त्यो युद्ध सफल पार्न सकेनन् उनले कसैलाई सुम्पीएका थिए। ओलीका विगतका घटनालाई हेर्दा पनि उनी आज मात्र होईन हिजो पनि शक्तीशाली बन्न सकेका थिएनन्। तर प्रचण्डले दश बर्षे जनयुद्धलाई शान्ति सम्झौता सम्म पुर्याउन सफल भएका थिए , यो उनको नेपाली राजनीतिमा ठुलो उपलब्धी पनि हो।

राजनीतीमा ओली र प्रचण्ड विच तुलना गर्दा सहजताका साथ भन्न सकिन्छ कि ओली भन्दा प्रचण्ड हिरो नै हुन्। नेकपा पार्टी भित्र पनि प्रचण्डको भुमिका ओलीको भन्दा निकै फरक छ किन कि पार्टी मात्र होईन वर्तमान सरकार पनि प्रचण्डकै इशारामा चलेको छ।

पार्टी र सरकार चलाउने क्षमता प्रचण्डमा मात्र छ ओलीमा त्यो क्षमता छैन भन्दै नेकपाका शिर्ष नेताहरुले नै बताउँदै आएका छन्। प्रचण्डकै पहलमा स्थानीय चुनाव देखि प्रतीनिधी चुनाव सम्म भयो उनकै बलमा एमाले र माओवादी पार्टी एकता भयो। प्रचण्डकै प्रयासले यि सबै उपलब्धी सफल हुन पुगे। उनले गरेको ऐतिहासिक काम प्रगती र उपलब्धी आज विश्वले पनि स्वीकारेको छ।

यो पनि
ओली अल्पमतमा पर्दा प्रचण्ड यसरी बन्दै शक्तिशाली

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि विवादले उग्ररुप लिँदै गएको छ। नेता माधवकुमार नेपाल र झलनाथ खनालले सार्वजनिक रुपमा सरकारको विरोध गरि रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विरुद्ध अभिव्यक्ति दिन थालेका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले काम गर्न नसकेको भनेर नेताहरूले आलोचना गर्दै आएका छन् ।

आफ्नै काम अलोकप्रिय बन्दै गए पछि पार्टी भित्र ओली अल्पमतमा परेका छन्। केन्द्रीय सचिवालय, स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय कार्यसमितिमा ओली अल्पमतमा परे पछि उनी पार्टीको कुनै पनि बैठक बोलाउने पक्षमा छैनन्। ओली चारै तिर बाट संकटमा परेका छन् उनी माथी चौतर्फी विरोध हुन थालेको छ।

बैठक बोलाउन ओलीलाई दबाब परि रहेको छ। ओली माथि बहुमतको निर्णयबाट डराएर बैठक नबोलाएको आरोप लाग्दै आएको छ। ओलीलाई अहिले साथ दिनेमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन्। ओलीले एकलौटी रुपमा जर्बजस्ती निर्णय गर्ने गरे पछि दोस्रो तहका अध्यक्ष दाहाल रिसाएका छन्। दाहाल भन्दा पनि नेपाल-खनाल समूह रिसाएका छन्। पार्टी भित्रको आक्रोश र आलोचनालाई मत्थर बनाउन ओली केही मन्त्रीहरूलाई हटाई नयाँलाई अवसर दिने पक्षमा देखिएका थिए। तर माधव नेपाल र बामदेव गौतम ओलीलाई नै सरकार बाट हटाउने पक्षमा छन्।

तर, त्यो प्रयास पनि ओलीका लागि सजिलो बाटो भएन। ओलीको हरेक प्रयासमा अहिले बामदेव गौतम पर्खाल बनेर आउने गरेका छन्। गौतमले ओलीसँग बदला लिन थालेका छन्। ओलीको कार्यशैलीबाट रिसाएका नेताहरूले दाहाललाई साथ दिन थालेका छन्। एमाले पृष्ठभूमि भएका अधिकांश नेताहरूले ओलीको साथ छाडेर दाहालको पछाडि कुद्न थालेका छन्।

ओलीसँग भेट्न असजिलो छ। विष्णु रिमाल सहितका सल्लाहाकारहरूले भेट्न दिँदैनन्। ओलीलाई भेट्न नपाए पछि नेताहरू सिधै खुमलटार पुगेर दाहाललाई भेट्ने गरेका छन्। जनता देखि नेता कार्यकर्ता सम्म सबैको सारथी भने प्रचण्ड नै बनेका छन्।

ओलीका कमीकमजोरीहरूलाई दाहालले आफ्नो शक्ति र उर्जाका रुपमा प्रयोग गर्दै आएको स्रोतले जनाएको छ। नेपाली कांग्रेसले ओलीका क्रियाकलापमाथि नै आफूलाई केन्द्रित बनाए पछि दाहाल झन् खुसी छन्। दाहालले ओलीले आफूलाई सरकार र पार्टी दुबै नदिने पक्षमा रहेको बुझेका छन्। ओली पावरमा रहँदासम्म दाहाल शून्यमा रहेर काम गर्नु पर्ने हुन्छ। यो कुरा दाहाललाई मन परेको छैन। त्यही भएर दाहालले ओलीका विरुद्ध फेरि अभिव्यक्ति दिन थालेको टिप्पणी भइ रहेको छ। पछिल्लो समय ओलीको एकलौटी निर्णय प्रती प्रचण्ड समेत सन्तुष्ट हुन सकेका छैनन्।

एमाले र माओवादी केन्द्रका नेताहरू र संगठनलाई समायोजन गर्न बनाइएको कार्यदल भङ्ग गरिए पछि नेकपा भित्र झन् विवाद बढेको हो। कार्यदल भङ्ग गर्नेमा ओली नै अगाडि छन्। ओलीको यो कार्यको योगेश भट्टराईले विरोध गरेका छन्। योगेशले पनि ओलीलाई साथ नदिने प्रष्ट संकेत गरि सकेका छन्। योगेशले पछिल्लो दिनहरूमा दाहाललाई खुलेरै साथ दिएको चर्चा छ। प्रचण्डलाई एकल पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाउन नेकपाका सबै नेता तयार छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत ओलीलाई सहयोग हुने गरेर कुनै पनि काम गर्न सकेका छैनन्। यस्तो अवस्थामा ओली झन् तनावमा परेको चर्चा हुन थालेको छ। सरकार र पार्टी दुवै तर्फ बाट प्रधानमन्त्री ओली असफका भागेदार छन्। सरकार वा पार्टी ओली एकलौटी निर्णय गर्न चाहान्छन् , उनले धेरै निर्णय एकलौटी नै गर्दै आएका छन्। यस्ता विभिन्न खालका कामले गर्दा उनी प्रती कोहि पनि सन्तुष्ट हुन सकेका छैनन्। यसरी त्यसैले प्रधानमन्त्री ओलीको राजिनामा जनता देखि नेता सम्मले माग्न थालेका हुन्।