नेकपाको सचिवालय बैठक शुरु

२०७६ पुस १३ आइतवार
996
shares
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको छ । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

२०७६ पुस १३ आइतवार