सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले गर्यो राष्ट्रियसभा अवरुद्ध
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:५५
6.14K
shares
shares

मुक्ति खबर, काठमाडौं ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे गर्दै गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि यतीबेला सामाजिक सञ्जाल तातेको छ ।
राष्ट्रियसभाको आजको ठक सुरु ह्ने बित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै उनले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने भन्दै आक्रोस पोखेका थिए ।
लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।




























