‘जनयुद्ध’को पहिलो सहिद रम्तेलको स्मृतिमा देशभर बिभिन्न कार्यक्रम

9.35K
shares

मुक्तिखबर काठमाडौँ ।

तत्कालीन नेपाल कम्युनिष्ट पाटी माओबादीले सुरु गरेको १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिलो शहिद बनेका ११ बर्षीय दिल बहाद्ुर रम्तेलको २५ औँ स्मृति तथा वलिदान दिवस आज देशभर बिभिन्न् कार्यक्रम गरेर मनाईँदैछ ।

गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणीका ११ बर्षीय विद्यार्थी रम्तेलको राज्यपक्ष द्वारा परिचालित तत्कालीन शाही नेपाली सेनाले माओवादीलाई सहयोग गरेको भन्दै उनी पढ्ने विद्यालय हाताभित्रै हत्या गरेको थियो ।

जनयुद्धका पहिलो सहिदको रुपमा तत्कालीन माओवादीले सहिद रम्तेललाई  सम्मान गर्दै आएको छ ।

यसैबीच सत्तारुढ नेकपा निकट अनेरास्ववियूले आज साँझ ५ बजे २५ औं दिलबहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डललामा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको छ । रम्तेलको गृह जिल्ला गोरखामा पनि आजै अनेरास्ववियू र राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम गर्दैछन्।

आज बिहान स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । नेकपा केन्द्रीय सदस्य एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ लगायतको कार्यक्रममा उपस्थिति थियोे । कार्यक्रममा सहिद रम्तेलको सम्झना र योगदानको चर्चा गरिएको थियोे ।

सोही कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्य सुरेन्द्र बस्नेत, योगेन्द्र बुढा, श्याम रोका, जटिल कार्की, विवेक ढकाल, प्रतिक कार्की र कमल कुंवरलाई सम्मान समेत गरिएको थापाथली क्याम्पसका स्ववियु सभापति प्रज्वल कार्कीले जानकारी दिए ।

रम्तेल मारिएको फागुन १४ र झापा आन्दोलनमा लागेकाहरुलाई नियन्त्रणमा लिएर सुखानीको जंगलमा हत्या गरिएको दिन फागुन २१ गते एक सातासम्म तत्कालीन माओवादीहरुले ‘बलिदान दिवस’को रुपमा मनाउने गर्दछन् ।


divya collage
unigloble collage