प्रधानमन्त्री ओलीमा सर्वसत्ताबादको भाइरस संक्रमण भएको अध्यक्ष राणाको आरोप

8.68K
shares

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादको भाइरस संक्रमण भएको आरोप लगाउनु भएको छ ।

कुबेलामा अध्यादेश ल्याएर संवैधानिक परिषदमा एकलौटी गर्ने प्रधानमन्त्रीको चरम महत्वाकांक्षा संविधानको मर्म र संवैधानिक नियन्त्रण, सन्तुलन विपरित रहेको राणाको ठहर छ । संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउन खोजिएको भन्दै राणाले आपत्ति समेत जनाउनु भएको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्द अध्यक्ष राणाले भन्नुभएको छ, ‘प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको भाइरसको संक्रमणमा पर्नु भएको छ । शक्ति केन्द्रिकृत गर्दै प्रजातान्त्रिक नियन्त्रण र सन्तुलन बर्खिलाप संवैधानिक परिषदमा एकलौटी गर्ने बदनियतमा कुबाटोबाट अध्यादेश ल्याइएको छ । संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउने अभिष्ट बिल्कुलै निन्दनीय छ ।’

कोभिड–१९ संक्रमण तेस्रो चरणमा प्रवेश गरिसक्दा पनि सरकार र सत्तारुढ दल चरम सत्तालिप्सा, सरकार र पार्टीगत शक्ति संघर्षमा रुमल्लिनु उचित नभएको भन्दै उहाँले चिन्ता प्रकट गर्नु भएको छ ।

बन्दाबन्दीको समयमा किसानहरू फसल उठाउन र बेच्न नपाएर ठूलो मारमा परेकोले राणाले यथाशिघ्र समस्या समाधान गर्न पनि सरकारलाई आग्रह गर्नु भएको छ ।


divya collage
unigloble collage